७ बैशाख २०८१, शुक्रबार
Follow Us

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७७, सोमबार ०३:५७

काठमाडौं । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ ।

पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कारहरु देखाइएको छ ।

पर्यटकिय स्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्तको निर्देशन दीप कोके गुरुङले गरेका छन् भने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहनुभएका मनराज गुरुङको शब्द संगीत रहेको गीतको संगीत संयोजन विलन थापाले गरेका छन् ।

स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका हुन् । यस गीतका गायक पवन रानाको ‘ए साइली’ कौडा गीतमा अहिले देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ ।