१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुल र वेष्ट ब्रोमबीचको खेल बराबरी

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७७, सोमबार ०३:५९

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई वेष्ट ब्रोमले बराबरीमा रोकेको छ । गएराति लिभरपुलकै मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा लिभरपुलका सादियो मानेले पहिलो गोल गरेपनि ८२ औं मिनेटमा सेमि अजाईले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

बराबरीका बाबजुद लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा भने यथावत छ । १५ खेलबाट उसको ३२ अंक छ । समान खेलबाट २९ अंक जोडेको एभर्टन दोस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरीमा रोक्दा वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग २–२ गोलको बराबरी खेलेको छ । गएराति लिड्स युनाईटेडले बर्न्लेमाथि १–० को जित निकालेको छ ।