८ बैशाख २०८१, शनिबार
Follow Us

हिन्दु नभनौ भन्दै देवी भागवतको उद्घाटन

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:२७

नारायणगढ । दुनियमामा शक्तिको उपासना वैदिक सनात धर्म वाहेक अरु कसैले नर्गेर्ने महामण्डलेश्वर आत्मानन्द गिरी जी महाराजले बताउनु भयो । असहाय तथा सडक बालिकाहरुको संरक्षण गर्दै आएको रामजानकी बालिका आश्रमले सोमवार देखि लगाएको श्रीमद् देवी भागवत महाअनुष्ठानको उद्घाटन गर्दै मुश्लिम,क्रिश्यन , कुरान कसैले र कहिं पनि शक्ति स्वरुपाको उपासना नगरिएको बताउनुु भयो ।
सो अवसरमा कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका महामण्डलेश्वर गिरी जीले भारतमा हिन्दु मुसलवान बिचको विभाजन पछि हिन्दु धर्मले महत्व पाएको भन्दै त्यसपछि नै वैदिक धर्मको पर्यावाचीका रुपमा हिन्दु धर्म प्रयोग हुन थालेको प्रष्टाउनु भयो । उहाँले जन्म देखि मुत्यु सम्मका सस्कार वेदसम्मत र पुराणका आधारमा भएको भन्दै सबैले आपनो धर्म हिन्दु नभनी वैदिक सनातन धर्म हो भन्न आग्रह समेत गर्नुभयो ।

देवीमा ३ प्रकारको इच्छाशक्ति,ज्ञान शक्ति र क्रिया सक्ति भएको उल्लेख गर्नु भयो । ती तीनको मिलेमामात्र हामीले केहि गर्ने सक्ने धारणा राख्दै लक्ष्मी सरस्वती र काली रुपी यी तीन शक्ति नै जगत भएको औल्याउनु भयो ।

उद्घाटन सत्रमा आश्रममा सो अनुष्ठानकी प्रमुख वाचक माता उमामहेश्वरी स्मृति टण्डन ले युवापिढी र आफु भन्दा सानाहरुलाई नकरात्मक सोच र विचार त्याग्न आग्रह गर्नु भयो । वर्तमानको शिक्षा प्रणालीले उचित सस्कार युवा पिढीेहरु ले पाउन नसकेकोमा चिन्ता प्रकट गर्दै प्रमुख वाचक उमामहेशवरीले पुर्विय सस्कार ,परम्परा र पुर्खाको उपदेश लाई सदैव मनन् गर्नुपर्ने बताउनु भयो । स्नातक अध्यनरत प्रमुख वाचिका उमामहेश्वरीले नेपालको सबै भन्दा कम उमेरकी भागवत वाचिकाको रुपमा पहिचान बनाउनु भएको छ ।

सो उद्घाटनशत्रमा गैडाकोटकी ६५ वर्षिय कृष्णकुमारी भटराईले बालीकाहरुको प्रवचनबाट खुशिभएर २० हजार नगद प्रदान गर्नु भएको छ । अनुष्ठानका आर्थिक सयोजक अर्जुन श्रेष्ठले ४६ हजार नगद रकम संकलन भएको जानकारी दिनुभयो यज्ञको पहिलो दिन सो अवसरमा आश्रमाका बालीकाहरुले गायत्री मन्त्र स्वति वाचन समेत गरेका थिए ।

अनुष्ठान मुल समारोह समितिका संयोजक शान्त प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजसेवी उमाशकंर अग्रवाल मानव सेवा आश्रम की अध्यक्ष ममता शर्मा न्यौपाने प्रतिष्ठानका महासचिव रामेश्वर खनाल पन्डित वासुदेव वत्स,आश्रमकी बालीका राधिका लोककल्याणी लगायतकले बोल्नु भएको थियो ।

उद्घाटन अघि पन्चेवाजा सहित कलस र घडा सहितको शोभायात्राले पोखरा वर्सपाक लिलाचोक , सहिदचोक , पुलचोक परिक्रमा गरेको थियो ।

लोककल्याण सेवा प्रतिष्ठान नेपालबाट संचालित सो आश्रमले बालिकाहरुको अध्ययन अध्यापनका साथै आश्रमलाई व्यवस्थित बनाउने उद्धेश्यले भरतपुर उपमहानगरपालिका २ मा रहेको गौरेश्वर मन्दिर परिसरमा भागवत लगाइरहेको छ ।