१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तराई र पहाड अलग गर्ने एमालेको प्रस्ताव थिएन : ओली

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:३१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई र पहाडका जिल्लालाई अलग बनाउने गरी आफ्नो पार्टीले कहिल्यै प्रस्ताव नगरेको बताउनुभएको छ ।

तराई–मधेसका सांसद तथा बुद्धिजीवीसँग आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित ‘मधेसका समस्या : भ्रम र यथार्थ’ विषयको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले संविधानमा प्रदेश नं २ को संरचनामाथि चाहिँ संशोधनको खाँचो औँल्याउनुभयो ।

सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको विधेयकमा विद्यमान प्रदेश नं ५ का जिल्लाको हेरफेरको संरचना विगतमा एमालेको पनि प्रस्ताव भएको भन्ने बहस चलिरहेका बेला अध्यक्ष ओलीले तराई र मधेसलाई अलग गर्ने प्रस्ताव आफूहरुको नभएको जिकिर गर्नुभएको हो । दुई नं प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायत पहाडी र भित्री मधेसका जिल्ला समेट्नुपर्ने सुझाव आएको भन्दै उहाँले ओली सत्ता जोगाउन नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभयो ।

एमालेलाई मधेस विरोधी पार्टीका रुपमा प्रचार गर्न खोजिए पनि त्यहाँका जनतामा आफ्नो पार्टी लोकप्रिय र राष्ट्रवादी भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा पुग्न मधेसका नेता र सांसदलाई आग्रह गर्नुभयो ।