१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन विषेश महाधिवेशन: उत्साहजनक प्रतिनिधी दर्ता

नेपालब्रिटेन डट कम्
१४ पुष २०७७, मंगलवार १७:०९

लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिनाको अन्तिमसाता हुने विषेश महाधिवेशनको लागि नाम दर्ता सुरु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा सम्पन्न ९ औं महाधिवेशनमा सहभागी प्रतिनिधीहरुको लागि नाम दर्ता सुरु गरिएको हो ।

संघका अनुसार मंगलवार दिउँसोसम्म सूचना जारी गरेको पहिलो दिनमै २७ देशका ३ सय १२ जना प्रतिनिधीहरुले आआफ्नो नाम दर्ता गरेका छन् ।

प्रतिनिधी दर्ता गर्ने देशहरुमा अष्टे«लिया, बहराईन, बेल्जिमय, क्यानाडा, चाइना, चेक रिपब्लिकन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंङ्गकंङ्ग, जर्मनी, इजरायल, जापान, केन्या, कोरिया, नेदरल्याण्ड, न्यूनील्याण्ड, नर्वे, प्रोतुगल, कतार, रसिया, साउदीअबर, स्पेन, युके, युएसए, यूएई लगायतका देश छन् ।

पहिलो चरणमा प्रतिनिधी चयन गर्न इच्छुकको लागि १ जनवरी सम्मको समयसिमा तोकिएको छ । १ तारिखसम्म पुराना प्रतिनिधीहरुको लागि अवसर दिईएको छ त्यस पछि नयाँ प्रतिनिधीहरुको नाम एनसीसीहरुले पठाउन सक्ने बताएको छ । संघको विषेश महाधिवेशन २३ र २४ जनवरीका लागि तय गरिएको छ । महाधिवेशनमा आर्थिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने अजेण्डा तय गरिएको छ ।