१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा एकै दिनमा ५३ हजारमा कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
१४ पुष २०७७, मंगलवार १७:२४

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ ।

मंगलवार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामा मात्र ५३ हजार १ सय ३५ जना नयां कोरोना संक्रमित थपिएका हुन् । बेलायतमा पहिलो पटक एक दिनमा सबैभन्दा बढीमा संक्रमण देखिएको यो पहिलो रेकर्ड हो । हिजो (सोमवार) भन्दा ११ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै नयाँ तथ्यांक अनुसार बेलायतमा थप ४ सय १४ जनाको कोरोनाको कारणले ज्यान गएको छ । कोरोनाका कारण हाल सम्म ज्यान जानेको संख्या ७१ हजार ५ सय ६७ पुगेको छ । बेलायतमा २३ लाख भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।