१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सुधार प्रयासमा सहयोग गरौँ : डा हेम राज शर्मा, महासचिव

नेपालब्रिटेन डट कम्
१४ पुष २०७७, मंगलवार २१:३८

‘राम्रो काम गरे पनि निहुँ खोज्ने र बिपरित बाटोमा हिड्ने प्रबृति बढ्यो’

वाशिंटन डिसी। गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेमराज शर्माले आगामी जनवरी २३ र २४ मा हुने बिशेष साधारण सभाका एजेन्डा र तयारी बारे बृहत जानकारी दिएका छन्।

संस्थामा आएका अनेक बिकृतिहरु खास गरी निर्वाचन प्रक्रिया र सदस्यता बन्ने तथा बनाउने कुरामा देखिएका बिकृतिलाई सच्याउन अहिलेको कार्यसमिति लागि परेको उनले बताए।

सदस्यता शुल्क नराखेर विश्वभर एनआरएन जोड्ने योजनामा रहेको उनले बताए। उनले सदस्यता शुल्क लिने व्यवस्थाको दुरुपयोग भएकोसमेत दावी गरे। उनले केही मानिसले अर्थ परिचालन गरि सदस्यहरुको भोट दुरुपोयोग गरेको बताए। उनले भने, केहि साथीहरु जती राम्रो काम गरे पनि निहुँ खोज्ने र बिपरित बाटोमा हिँड्न खोजेका छन्।

एनआरएनए अमेरिकाको सन्दर्भमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले एनसीसी अमेरिका अन्य ८१ वटा एनसीसी जस्तै एक भएको भन्दै हेर्ने दृष्टिकोण पनि एउटै रहने बताए।

सदस्यतालाई व्यवस्थित गर्न, चुनावमा विश्वासनियता बढाउन अब आईसीसी कुनै पनि हालतमा एमआईएस पद्धतिमा जाने र अमेरिका पनि जानुपर्ने उनको जिकिर छ। एमआईएस पद्धतिलाई चाहिँने सबै कुरा अमेरिकालाई हस्तान्तरण गरिसकेको र उनीहरुले राखेको २६ वटा प्रश्न सबैको उत्तर पनि दिइसकेको उनले बताएका छन्। अब पनि आलटाल गरे अमेरिकि एनसीसी कारबाहीको भागिदार हुन सक्ने उनको भनाइ छ।

विधानलाई आफू खुशी प्रयोग गरेको आरोपमा विधान व्याख्या समितिले अस्पस्ट बुँदालाई व्याख्या गर्ने, त्यो समितिमा अत्यन्त सक्षम र सही पात्र रहेको उनको भनाइ छ। आईसीसी भित्र केहि मत बिभाजन भए पनि आफूहरु एक रहेको भन्दै डा. शर्माले नेपालका राजनीतिक पार्टीको आड भरोशा छ भन्ने जिज्ञासालाई पनि खण्डन गरेका छन्।

डिसी नेपालबाट सञ्चालित कार्यक्रम जस्ताको तस्तैमा नुन चिनी पानी अमेरिकाका अभियन्ता अर्जुन दाहालसँगको कुराकानीमा चुनाव प्रणालीमा सुधार आएमा अर्को जिम्मेवारीमा जाने इच्छा रहेको जनाए ।