१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागमति प्रदेशमा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा शाक्य चयन

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७७, बुधबार १३:१०

काठमाडौं । बागमति प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यसअघि, दाहाल–नेपाल समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।