१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप ५११ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७७, बुधबार १३:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।