७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजासँग प्रतिशोध साँधे हतियार उठाउँछौं : शिव सेना नेपाल

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार ०४:५५

काठमाडौं । पसु ७ गतेको क्याविनटेमा कांगे्रस नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले दरवार हत्याकाण्डको छानबिन गरेर पूर्वराजालाई कारवाही गर्ने मुद्दा उठाएपछि र पूर्वराजाले बढी बोले अरु दुःख पाउछन् भन्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धम्क्याएपछि राजावादीहरु आक्रोसित भएका छन् ।
शिवसेना नेपालले पूर्वराजामाथि प्रतिषोध साधे हतियार बोकेर प्रतिकार गर्ने चेतावनी दिएका छन् । फास्ट ट्रय्राक भारतलाई दिने, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्छ भन्ने र क्याविनेटको निर्णय र सरकारको नीति दूतावास लैजाने निधि नेपाली जनताका नेता होइनन् भन्दै शिवसेनाका अध्यक्ष अनिल बस्नेतले विज्ञप्ति जारी गरेर भनेका छन्– अवराष्ट्रवादी चुप लाग्दैनन्, हतियार लिएर निस्कन्छन् ।
पूर्वराजाले देश र देशको एकता खण्डित नहोस् भनेर चिन्ता प्रकट गरेपछि भारतीय दूतावासको निर्देशनमा विमलेन्द्र निधिले दरवार हत्याकाण्ड र कारवाही गर्नुपर्ने विषय क्याविनेटमा उठाएका थिए । प्रधानमन्त्रीको मन्तव्यसमेत सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, आमनागरिकहरुले पूर्वराजाले नागरिकका हैसियतमा बोल्ने हिडन्, घुम्न पाउनुपर्ने जिकिर गरिरहेका छन् ।
चित्रबहादुर केसी, मन्त्री अर्जुननर सिंहले समेत पूर्वराजाको अभिव्यक्तिप्रति चिन्ता गर्नु नपर्ने बताएका छन् । शिवसेना सबैभन्दा आक्रोसित भएको छ । शिवसेनाको वक्तव्यमा भनिएको छ– ‘भ्रमको खेति गर्ने र क्रान्तिका नाममा नागरिक मार्नेहरुको सरकार न राष्ट्रवादी हुनसक्छ न नागरिकप्रति जवाफदेही हुनसक्छ । पूर्वराजाबाट देश भक्तिको आह्वान भएको हो, देशद्रोहीहरुलाई बिज्ञप्तीले तर्साएको छ, निधि त्यसकै उपज हुन् । देशद्रोही र राष्ट्रभक्तबीच लडाई सुरु भयो । पूर्वराजा देशभक्त भएकोले उनीमाथी प्रतिषोध साँधे हतियार लिएर निस्कन्छों । पहिले प्रचण्ड नै राजा ज्ञानेन्द्र हुन् भनेर हल्ला फैलाइयो, त्यो सत्य सावित भएन, अब दरवार हत्याकाण्डको कुरा उठाइदैछ । अतिरञ्जना फैलाएर शासन चलाउने दिन अब सकिए ।’