११ बैशाख २०८१, मंगलवार
Follow Us

चीनले ‘रेफ्री’ को भूमिका खेल्यो : श्याम शरण

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०४:०७

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् ।

त्यस्तै पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुनःस्थापना गर्न र राजीनामा दिन चिनियाँ पक्षबाट मनाउने प्रयास गरिएको पनि दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास भइरहेको दाबी पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शमर्का ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् । त्यस्तै पूर्वराजदूत शरणले एमसीसी सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।