१५ बैशाख २०८१, शनिबार
Follow Us

ओलीद्वारा टेलिफोनबाटै दाहाल धर्मपत्नी सीताको स्वास्थ्यलाभको कामना

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०४:०९

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्ष का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । बुधबार आकस्मिक रुपमा बिरामी परेपछि अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न दाहाल अस्पताल पुगेका थिए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) लाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।