१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको असंवैधानिक कदमले देश संकटमा धकेलियो : देउवा

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०६:४३

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल कार्यक्रम उनले प्रधानमन्त्रीले देशलाई संकटतर्फ लगेको आरोप लगाएका हुन । प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर ओलीले असंवैधानिक काम गरेको सभापति देउवाको भनाइ छ ।

सभापति देउवाले अदालतमा मुद्दा विचाराधिन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने पनि बताए । उनले सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर आन्दोलन रोकेर फैसला कुरिरहेको बताए ।

कांग्रेस सभापति देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेको दावी गरे ।

प्रजातन्त्रमाथि खतरा आइपरेको र मानव अधिकार अधिकार कब्जा गर्न प्रधानमन्त्री ओली लागिपरेको देउवाको आरोप छ । उनले कांग्रेसले कुनैपनि बहानामा एक एकदलीय शासन नमान्ने पनि स्पष्ट पारे ।