१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट राईलाई हटायो

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०८:५६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध गत आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।