१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०८:५७

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल विहिबार पर्साबाट पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

लुम्बिनी चिनी मिलले उखु किसानलाई १६ करोड तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

स्रोतका अनुसार चिनी मिल सुशिला गोयलको नाममा रहेको तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा चिनी मिल परेको थियो। तर मिल पूर्ण रूपमा मनोजका नाममा आइसकेको छैन । यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए। अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।