१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानमा नेपाली युवतीमाथि यौनहिंसा बढ्दो

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार ०५:१२

काठमाडौं । पढ्न भनेर जापान पुगेका युवतीहरुको पासपोर्ट खोसेर राख्ने र तिनीहरुको यौन शोषण गर्ने गरेको घटना सार्वजनिक भएका छन् । समाचारअनुसार नेपाली दलाल तथा शैक्षिक परामशर्दाता कम्पनीसँगको मिलमेतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड, बीमा कार्डसमेत स्कूलले खोसेर राखेको खबर आएको छ ।
समाचारअनुसार जापानको ओकिनावा टापुमा अध्ययनरत नेपाली युवतीहरू यसरी पीडित बनेका हुन् । भाषा विद्यालयमा पढ्न आएका विद्यार्थी विभिन्न बाहानामा भाग्न थालेको भन्दै कागजपत्र लिएको स्कूलहरूले बताएका छन् । यो कार्य मानवअधिकारको चरम उल्लंघन हो भन्दै जापानी पत्रिका सिम्बुनमा लेखिएको छ– ‘निजी जीवनसँग सम्बन्धित जाइरयूउ तथा बीमा कार्ड विद्यालयले नियन्त्रणमा लिनु गैरकानी हो । नेपाली दलाल तथा परामर्शदाता कम्पनीकै सल्लाहमा बाध्य भएर विद्यालयहरूले यस्तो कदम चालेको
बताएका छन् ।’ स्थानीय संरक्षक नेपाली दूतावास यो सब तमासा हेरिरहेको छ ।
अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन् । यी मध्ये धेरैजसो युवती छन् । उनीहरूमध्ये अधिकांशका कागजपत्र आफूसँग छैनन् । युवतीमाथि यौन शोषण बढ्दै गएको छ । पत्रिकाका अनुसार जापानी भाषा कमजोर रहेका एवं थौरै पैसा भएकाहरू ओकिनावामा अझ पीडित छन् । नयाँ आएका नेपाली युवतीहरूलाई काम लगाएबापत पैसा माग्ने र पैसा नभएको थाहा पाए यौन सम्पर्कका लागि प्रस्ताव राख्ने बताइन्छ ।
‘सो क्षेत्रमा रहेका कम्पनी तथा काम दिलाउने कम्पनीहरूले समेत यौन शोषण गर्ने गरेका छन् । यो बाहेक नेपाली विद्यार्थीको हकमा जापान सरकारले निर्धारण गरेको २८ घन्टाभन्दा बढी काममा लगाउने, प्रति घन्टाको पैसा पनि अन्यको तुलनामा थोरै दिने गरेका छन् ।’ पत्रिकाले भनेको छ । ओकिनावा क्षेत्रमा रहेका नेपालीहरू तरकारी काट्ने,
खेतीपाती, माछामासु काट्ने जस्ता काममा रोजगारीमा छन् । केही नेपाली युवती अवैध डान्सबार तथा रेष्टुराँमा समेत काम गर्दै आएका छन् ।