१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बबन सिंह ओली समूहमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ११:५८

काठमाडौ । संबिधान सभामा स्वतन्त्र उम्मेदवार बनेर चर्चा कमाएका रौतहटका बबन सिंह नेकपाको ओली समूहमा प्रवेश गरेका छन । बिहीबार रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

सिंह पछिल्लो समय जनता समाजवादी पार्टीमा आबद्ध थिए । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर एकवाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

गौर काण्डपछि भुमिगत भएर उनले चुनाव प्रचार गरेका थिए । फरार अभियुक्तका रुपमा उनी संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी तराइ मधेस लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस हुँदै संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।