१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप ५३४ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ११:५९

काठमाडौं । विहीबार थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजारको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ।