७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीले ३६ देशमा रहेका पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
१७ पुष २०७७, शुक्रबार ०४:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५०० भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदानप्रदानसहित कार्यक्रम राखिएको थापाले बताए ।

“विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरूको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक घण्टा जुममार्फत आफ्नो भनाइ राख्नुहुनेछ”, सल्लाहकार सूर्य थापाले भने।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार नेपालीअनुसार आज बिहान ११:३० बजेदेखि कार्यक्रम हुनेछ ।