८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा ‘नेपाल हाउस’ बनाउन एकै दिनमा उठ्यो डेढ करोड

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार ०८:५६

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको सकृयतामा निमाण हुने नेपाल हाउसका लागि एकै दिनमा डेढ करोड रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ यूकेले सोमवार साँझ अल्डशरमा आयोजना गरेको च्यारिटी कार्यक्रमका सो रकम संकलन भएको हो । एनआरएन यूकेका कोषाध्यक्ष दीपक श्रेष्ठका अनुसार सो च्यारिटीमा उपस्थित ब्यक्ति तथा संघसँस्थाबाट १ लाख १२ हजार दुई सय ३० पाउण्ड, ५५ पेन्सको प्रतिवद्धता आएको छ ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय सांसद कृष्ण भक्त पोखरेल, विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, अतिथीहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सूर्य गुरुङ लगायतले नेपाल हाउसको महत्व र आवश्यकताबारे चर्चा गरेका थिए ।
पहिलो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेका थिए । संरक्षक सूर्य गुरुङले नेपाल हाउसमै केन्द्रित कविता वाचन गरेपछि साझा घर किन आवश्यक छ भन्नेबारे प्रष्ट्याएका थिए । उनले नेपाल हाउसले नेपाली कला, संस्कृति र परम्परा जीवन्त राख्ने मात्र नभइ दोश्रो पुस्तालाई मातृभूमिसंगै जोडिराख्ने पनि उल्लेख गरे ।
गुरुङले कविताबाटै यसरी सहयोगको याचना गरे

आफ्नो भाषा संस्कृतिको छ है हामीलाई भर ।
सबै मिलि बेलायतमा बनाऔं नेपाली घर ।।

हिमाल, पहाड, तराइवासीको एउटै लय ताल ।
घाम नअस्ताउने बेलायतमा छ है सानो नेपाल ।।

यहि नेपालको मन्दिर, गुम्वा, गोर्खा संग्रालय, चैत्य बनाउ राम्रो ।
संसार सामु आफ्नोपनको शिल्प झल्काउ हाम्रो ।।

नेपाल हाउस बनाउन जागौं अव एउटा लहर ।
जिउदो छदैं पुरा गरौं बेलायतबासी नेपालीको रहर ।।

हामीले यो घर बनायौं भने नेपाल आमा हास्नेछ ।
पुर्खा इतिहास र हाम्रो पौरख युगौ युग बाच्ने छ ।।

नेपाल हाउसका टेक्निकल डिरेक्टर इन्जिनियर राजेश पाठकले प्रोजेक्टबारे प्रिजेन्टेसन दिएका थिए । पाठकले नेपाल हाउसमा गोर्खा संग्रहालय, ६ सय जना अट्ने सम्मेलन कक्ष, २ सय कार क्षमताको पार्किङ, सोभिनर सप, सूचना केन्द्र, संघको कार्यालय आदि समावेश हुने जानकारी दिए । पाठकले एकै चोटी भवन निर्माण कार्य सम्भव नभएकाले शुरुमा जग्गा खरिद गरेर प्लानिङ परमिसन लिइ कन्फेरेन्स हल निर्माण गर्न सकिने बताउंदै हलको लागत एक मिलियन पाउण्ड हाराहारी हुने जनाए ।

०१७ को मार्चसम्म जग्गा खरिद गर्ने, ०१७ अन्त्यसम्म प्लानिङ परमिसन लिइ २०१८ बाट निर्माण कार्य थालेर २०२० मा नेपाल हाउस उद्घाटन गर्ने लक्ष्य रहेको पाठकले अवगत गराएका थिए ।
दोश्रो चरणको कार्यक्रम सञ्चालन गर्दै आइसीसी सदस्य संगिता मरहट्ठाले सहभागीलाई आर्थिक सहयोगका लागि प्रेरित गरेकी थिइन् ।

कार्यक्रममा संघका अध्यक्ष, प्रमुख अतिथी, अतिथी, आइसीसी सल्लाहकारहरु लगायतले संस्थाको मुखपत्र एनआरएन भ्वाइस विमोचन समेत गरे । कार्यक्रममा उक्त पत्रिकाका प्रधान सम्पादक खुशी लिम्बुले पत्रिका प्रकाशनको अनुभवबारे संक्षिप्त प्रकाश पार्दै सम्पादन मण्डल, लेखक, विज्ञापनदाता सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरण, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर (रि) डमर घले, विश्वआदर्श पण्डित, डा. हेमराज शर्मा, एनआरएनए यूके पूर्व अध्यक्षहरु योगेन्द्र क्षेत्री, महेन्द्र कंडेल, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित सयौं सहभागी थिए । कार्यक्रममा मिस यूके नेपाल २०१६ टेनिसा राना र सयपत्री कल्चरल रुपले विभिन्न नृत्य देखाएका थिए ।

बेलायतवासी सबै नेपालीको साझा घरका रुपमा निर्माण गर्न लागिएको नेपाल हाउसको कुल अनुमानित लागत २ मिलियन पाउण्ड 
(बीस लाख पाउण्ड) छ ।
यसअघि एकलाख ५१ हजार पाउण्ड हाराहारीको प्रतिवद्धता आइसकेको थियो ।
copy-of-2

2

4

5

copy-of-4