११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए विषेश अधिवेशन प्रतिनिधी दर्ता म्याद थपियो

नेपालब्रिटेन डट कम्
१७ पुष २०७७, शुक्रबार २२:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी जनवरी २३ र २४ मा हुने विषेश अधिवेशनमा भाग लिन चाहनेहरुको लागि नाम दर्ता गर्ने मिति थप गरिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार सन् २०१९ अक्टोबरमा भएको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले आफ्नो नाम दर्ता जनवरी ५ तारिख सम्म थप गरिएको हो ।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय शुक्रवार बसेको बैँठकले सो महाधिवेशनको लागि प्रतिनिधी दर्ता गर्न सबै राष्ट्रिय समितिलाई आब्हान गरेको छ ।