१४ बैशाख २०८१, शुक्रबार
Follow Us

होबर्टका लागि सन्दीपको २ विकेट

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार १२:०६

काठमाडौं । अस्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटअन्तर्गत शनिबार सन्दीप लामिछानेको टिम विजयी भयो । उनी आबद्ध क्लब होबर्ट हुरिक्यान्सले मेलबन स्टारलाई २१ रनले पराजित गरेको हो । होबर्टको जीतका लागि सन्दीपले दुई महत्वपूर्ण विकेट लिए ।

उनले तेस्रो क्रममा आएका ब्याट्सम्यान हिलटन कार्टराइटलाई क्लिन बोल्ड गरेका हुन् भने बेन डुङ्कलाई २ रनमै पबेलियनको बाटो देखाइदिएका थिए ।

उनले आफ्नो ४ ओभरको स्पेलमा ३८ रन खर्चेर दुई विकेट आफ्नो नाममा पारेका हुन् ।

होबर्ट लिग अंक तालिकाको दोस्रो स्थानमा छ । उसले सात खेल खेलेर १८ अंक जोडेको छ । शीर्षस्थानमा रहेको सिड्नी टुन्डरसँग १९ अंक छ ।