७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा १२ वर्षीया बालिकाले हालिन् टिकटकविरुद्ध मुद्दा

नेपालब्रिटेन डट कम्
१९ पुष २०७७, आईतवार ०४:०४

बेलायतमा एक १२ वर्षीया बालिकाले भिडियो शेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेकी छन् । नाम गोप्य राखिएकी ती बालिकाले टिकटकमाथि बालबालिकाका डाटाहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको जिकिर गरेकी छिन् ।
ती बालिकालाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ । टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी उनको छ ।

उता टिकटकले भने बालबालिकाको संरक्षणका लागि कम्पनीले दहि्रलो नीति अख्तियार गरिरहेको र १३ वर्षमुनिका बालबालिकाहरुलाई टिकटकमा खाता खोल्न बन्देज लगाइएको जनाएको छ ।

स्मरण रहोस् बालबालिकाका डाटाहरु संकलन तथा दुरुपयोग गरेको आरोपमा सन् २०१९ मा अमेरिकाको संघीय वाणिज्य आयोगले टिकटकमाथि ५७ लाख डलर जरिमाना गरेको थियो । गत वर्ष सन् २०२० मा दक्षिण कोरियाले पनि यस्तै मुद्दामा टिकटकमाथि जरिमाना गरेको छ ।
– बीबीसी