७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनह्यामद्वारा लिड्स युनाइटेड पराजित

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ०४:३४

लन्डन । टोटनह्यामले झण्डै एक महिनापछि इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा टोटनह्यामले लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको हो ।

टोटनह्यामका लागि ह्यारी केन, सन हेङ–मिन र अल्डर्विरल्डले गोल गरे । जितपछि १६ खेलबाट २९ अंक बनाएको टोटनह्याम तेस्रो स्थानमा पुगेको छ । १७ खेलबाट २३ अंकसहित लिड्स १२ औँ स्थानमा छ ।

अर्को खेलमा आर्सनलले वेष्ट ब्रोममाथि चार–शुन्यको जीत निकालेको छ । आर्सनलको फराकिलो जितमा लाकाजेट्टीले दुई गोल गर्दा काइरन टाएरने र बुकायो साकाले समान एक गोल गरे ।

जितपछि १७ खेलबाट २३ अंक बनाएको आर्सनल ११ औँ स्थानमा पुगेको छ । पराजित वेष्ट ब्रोम १७ खेलबाट ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

राति नै भएका अन्य खेलमा क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई दुई–शुन्यले हराएको छ । ब्राइटन र उल्भ्सले तीन–तीन गोलको बराबरी खेलेका छन् ।