१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हातमा सीप लिएर गएमात्र उचित प्रतिफल : जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार १२:०९

गैरआवासीय नेपालीहरुको लगानी प्रर्वधनको कुरा चलिरहँदा अस्ट्रेलियाका एनआरएनका अभियन्ताहरुले भने नेपालमा शैक्षिक बिकासमा लगानीमा हात बढाएका छन् । एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसीको टोलीले अहिले काठमाडौको मैतिदेबीमा प्यासिफिक हस्पीटालिटी तथा कुलिनरी एकेडेमीको स्थापना गरेका छन् ।

नेपालमै गुणस्तरीय बिदेशी शिक्षा प्रदान गरेर बैदेशिक श्रम बजारमा दक्ष कामदारको लक्ष्य बोकेको यस शैक्षिक संस्था यसै सातादेखि काठमाडौमा सन्चालनमा आएको छ । यस एकेडेमीको एक समारोह बिच नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उदघाटन गरेका थिए ।

कार्यक्रममा राजदुत ह्वाइटले हस्पीट्यालीटी र पर्यटन क्षेत्रमा अस्ट्रेलियामा रोजगारीको बाताबरण रहेकोले दक्ष जनशक्तीले यसमा अवसर प्राप्त गर्ने बताए ।

कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले गुणस्तरीय शिक्षा अहिलेका आवश्यकता भएकोले यसतर्फ एकेडेमीले ध्यान दिनुपर्ने बताइन् । बिद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बिदेशी स्तरीय शिक्षा नेपालमै पढाइनु र यतैवाट दक्षता प्राप्त गरेर अवसरको खोजी गर्दा त्यसबाट राम्रो प्रतिफल मिल्ने धारणा राखे ।

कार्यक्रममा एनआरएनका संरक्षक तथा पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीका लागि जाने हो भने हातमा सीप लिएर गएमात्र उचित प्रतिफल पाइने बताए । लामिछानेले अगाडि भने, ‘यहाँ सिकेर र जानेर गएको ज्ञानले बिदेशमा ठुलो अर्थ राख्ने गर्दछ ।’

एकडेमीका अन्तराष्ट्र्रिय बजार ब्यवस्थापक गणेश केसीले दुर्इ दशक लामो अस्ट्रेलिया बसाइले आफुलाई सिकाएको अनुभव र ज्ञानलाई नेपालमा पनि बिस्तार गर्ने सोचका साथ एकेडेमीको स्थापना गरिएको बताए । केसीले अगाडि भने, ‘नेपालमा अतिथी सत्कारमा अगाडि रहेको कारण पनि यस बिषयमा केहि गरौ भन्ने चाहनाअनुरुप यो एकेड्मी स्थापना गरिएको हो ।’

एकेडेमीका प्रवन्ध निर्देशक शुसील थापाले अस्ट्रेलियाको सम्वन्धन प्राप्त यस एकेडमीले कोर्सपछि अस्ट्रेलियन सर्टिफीकेट प्रदान गर्ने बताए । एकेडेमीले तालिमपछि बिध्यार्थीहरुलाई रोजगारीको लागि पनि बैदेशिक रोजगारादातासम्म जोड्ने काम गर्ने थापाले प्रष्ट पारे । एसएलसी वा सो भन्दा माथि उतिर्ण गरेको बिध्यार्थीले यो कोर्स लिन सक्ने छन् ।