८ बैशाख २०८१, शनिबार
Follow Us

प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

नेपालब्रिटेन संवाददाता
२० पुष २०७७, सोमबार ०५:२१

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको छ । सिटीले चेल्सीलाई ३–१ एक गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि इल्केयी गुण्डोगान, फिल फोडिन तथा केविन डि ब्रुयनले गोल गरे । चेल्सीका हड्सन–ओडोइले एक गोल फर्काए । जितपछि पाँचौँ स्थानमा पुगेको सिटीको १५ खेलबाट २९ अंक भएको छ । १७ खेलबाट २६ अंक भएको चेल्सी आठौं स्थानमा झरेको छ ।

राति नै भएको अर्को खेलमा लेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै लेस्टर १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा पुगेको छ । १६ खेलबाट १९ अंकसहित न्युक्यासल १५ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसले १६ खेलबाट ३३ अंक जोडेको छ ।