११ बैशाख २०८१, मंगलवार
Follow Us

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एनआरएनए विषेश अधिवेशनको उद्धघाटन गर्ने

नेपालब्रिटेन डट कम्
२० पुष २०७७, सोमबार २०:१०

५० देशका १३ सय प्रतिनिधी दर्ता

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्धघाटन गर्न लागेका हुन् ।

संघका अनुसार सोमवार साँझसम्म विश्वभरका करिब ५० देशका करिब १३ सय जना प्रतिनिधीले आआफ्नो नाम दर्ता गरेका छन् ।

सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।

सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधीहरुलाई नाम दर्ता गर्न आगामी मंगलवार सम्मको म्याद तोकिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका दुई दर्जन भन्दा बढी राष्ट्रिय समितिले विषेश महाधिवेशनमा आफुहरुले विषेश महाधिवेशनको लागि प्रतिनिधी छान्न पाउनु पर्ने भन्दै संघको नेतृत्व समक्ष निवेदन दर्ता गरेका छन् ।

संघले नयाँ प्रतिनिधीहरुको नाम दर्ता बुधवार देखी शुरु गर्ने बताएको छ ।