६ बैशाख २०८१, बिहीबार
Follow Us

इंग्ल्याण्डमा नयाँ लकडाउनको घोषणा, के-केमा प्रतिबन्ध लाग्यो ?

नेपालब्रिटेन डट कम्
२० पुष २०७७, सोमबार २१:२२

लण्डन । इंग्ल्याण्डमा नयाँ लकडाउनको घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा अर्को जानकारी सार्वजनिक नगरिए सम्म लकडाउनको घोषणा गरेका हुन् । लकडाउन फेब्रोअरी दोस्रोसाता सम्म हुन सक्ने बताएको छ ।

जोन्सनले सोमवार साँझ एक टिभी सम्बोधन मार्फत सबै बेलायत निवासी घरपरिवारहरुलाई घरमा नै बस्न भनेका छन् ।

के केमा प्रतिबन्ध लाग्यो

अत्यावश्यक बाहेकका समानहरू बेच्ने पसलहरू, पुस्तकालयहरू, खेल मैदानहरू, सार्वजनिक स्थलहरु र आउटडोर जिमहरू र पूजा गर्ने धार्मिक स्थलहरू बन्द गर्न आदेश दिइएको छ ।

विवाह र अन्य सार्वजानिक समारोहहरू बन्द गरिएको छ, तर मृत्यु संस्कार भने तोकिएको मापदण्ड अनुसार गर्न भनिएको छ ।

दुई भन्दा बढी व्यक्ति हरुको सार्वजनिक जमघट (एकै घरका सदस्यहरू बाहेक) प्रतिबन्धित लगाईएको छ ।

घर बाहिर जान सकिने कारणहरु

१. खाद्यसामग्री या औषधी खरिद गर्नका लागि ।

२. अत्यावश्यक सेवाका काममा जानका लागि बाहेक अन्य काम र कार्यालयहरू बन्द हुनेछन् ।

३. मेडिकल प्रयोजन या जोखिममा रहेकाहरूलाई मद्दत गर्नका लागि ।

ब्रिटेनका प्रमुख चिकित्सा अधिकारीहरू र एनएचएस इंग्ल्याण्डका चिकित्सा निर्देशकले एनएचएसले थप स्थायी वृद्धि सम्हाल्न सक्छ भन्ने कुरामा विश्वस्त नभएकोु चेतावनी दिएपछि ब्रिटेन कोभिड सतर्कता स्तर पाँच स्तरसम्म बढ्ने सिफारिस गरेका थिए ।