१५ चैत्र २०८०, बिहीबार
Follow Us

चुनावी प्रतिवद्धता पुरा गर्न विशेष अधिवेशन: कुमार पन्त, अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
२१ पुष २०७७, मंगलवार १९:१२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले चुनावी प्रतिबद्धता पुरा गर्न विशेष अधिवेशनमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पन्तले फ्रान्सबाट संचालित अनलाइन प्रोटल नेपालप्लससंगको एक अन्तरवार्तामा सदस्यता शुल्क, निर्वाचन प्रणाली र प्रतिनिधीका विषयमा आगामी विशेष अधिवेशनमा छलफल हुने बताए ।

पन्तले काम गर्दै जादा विरोधका स्वर उठ्नुलाई गत निर्वाचनको ह्याङ नहटेको रुपमा लिएको बताए । उनले भने ‘केहि साथीहरुमा गत अधिवेशनको ह्याङ नहटेको जस्तो लाग्छ । त्यतिबेला सबैलाई थाहा भएकै कुरा हो, हामी दुईवटा पक्षको विचमा चुनाव हुँदै थियो । शायद विरोध गर्ने साथीहरु त्यहि बेलाको पक्ष र बिपक्षको सोचबाट बाहिर निस्किन सक्नुभएको छैन जस्तो लाग्छ । तर मेरो अधिकतम प्रयास के छ भने त्यहि चुनावको पक्ष र विपक्षमा सधैं अल्झिएर कहिँ पनि पुगिँदैन । ब्यक्तिगत रुपमा मेरो न त कुनै आग्रह छ न कुनै पूर्वाग्रह छ । चुनाव भयो । सकियो । संस्थाको दिर्घकालिन हितका लागि सामुहिक कदम बढाउन सबै साथीहरुसँग मेरो बिनम्र आग्रह छ ।’

पन्तले कोभिड १९ को प्रभावका कारण आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलन समेत प्रभावित हुने संकेत गरेको छन् । पन्तले प्रविधीको प्रयोगबाटै विश्वसम्मेलन गर्न सकिने बताउँदै भनेका छन् ‘केहि साथीहरुले महाधिवेशन मै छलफल गरौला भन्ने धारणा राख्नु भएको हो । तर आर्थिक प्रतिवेदन पास नभएको अवस्थामा कसरी अक्टोवरसम्म कुर्न सकिन्छ रु फेरि, महाधिवेशन पनि भर्चुअल नै गर्नुपर्ने सम्भावना पनि हुनसक्छ । कोभिडको यो महामारिमा नेपालमा भ्याक्सिन कसरी उपलब्ध हुनसक्छ भन्ने कुरा पनि छ । अक्टोवरसम्म सबै जनजीवन सामान्य हुन्छ भन्ने कुराको पनि कुनै ग्यारेन्टी छैन । त्यसैले संस्थालाई कुनै प्रस्तावका कारण लामो समयसम्म निष्कृय बनाउनु उचित हुँदैन ‘

महाधिवेशन सार्न मिल्दैन ?
‘सार्नै नमिल्ने भन्ने होइन । तर महाधिवेशन के को लागि सार्ने भन्ने हुन्छ । जब कि प्रविधिले हामीलाई यत्रो विकल्प दिएको छ भने हामीले अन्य बिकल्पको बारेमा किन सोचिरहने रु अर्को कुरा हामीले प्रविधिलाई अपनाउनुपर्ने बाध्यता पनि छ । किनभने जो साथीहरु काठमाडौं जान सक्षम थिए र छन् महाधिवेशन उनिहरुको विचमा मात्रै हुने गरेको थियो । धेरै साथीहरु जो संस्थालाई मायाँ गर्नुहुन्छ, संस्थाको निती नियमको तहमा बसेर काम गर्न सक्षम हुनुहुन्छ उहाँहरु काठ्माडौ जान नपाएको वा नसक्ने कारणले नितिगत छलफलबाट बन्चित हुनुहुन्छ । तर अब प्रविधिले हामी सबैलाई संसारका जुनसुकै कुनामा बसेर पनि एक ठाउँमा उभिन सक्ने ब्यवस्था मिलाएको छ भने यसलाई हामीले किन आत्मसात नगर्ने ?’