१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन भ्वाइस सार्वजानिक

नेपालब्रिटेन डट कम्
१२ पुष २०७३, मंगलवार १४:४१

लन्डन । गैर-आवासीय नेपाली संघ यूकेले आफ्नो बार्षिक स्मारिका गत सोमवारका दिन अल्डर्शटमा आयोजित नेपाल हाउस च्यारिटी डिनर – २ मा सार्बजनिक गर्यो । ‘एनआरएन भ्वाइस’ नामक सर्वप्रतिक्षित बार्षिक पत्रिका क्रिसमस र नयाँबर्ष २०१७ को अवसर पारेर बिमोचन गरिएको हो । बेलायतमा नेपाली सामुदायिक घर बनाउने उद्देश्यले झण्डै सवा एक लाख पाउण्ड संकलन गरेको नेपाल हाउस दोश्रो च्यारिटी डिनरमा कार्यक्रमका अध्यक्ष मुछेत्र गुरुङ, प्रमुख अतिथि माननीय सांसद कृष्ण भक्त पोखरेल, बिशेष अतिथि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदी, एनआरएन युरोप संयोजक कुल आचार्य लगायत अन्य अतिथिहरुले एनआरएन भ्वाइसको बिमोचन गरे ।

बिमोचनको दौरानमा संघको प्रकाशन तथा प्रचारप्रसार बिभागका संयोजक खुशी लिम्बुले संघले पहिलेदेखि गर्दैआएको प्रकाशनका गतिविधिहरुलाई निरन्तरता दिंदै एनआरएन भ्वाइस प्रकाशित गरिएको र यो प्रकाशन एनआरएन यूकेको आजसम्मकै सबैभन्दा समाबेशी र गहन भएको बताए । पत्रिकाका प्रधान सम्पादक समेत रहेका खुशी लिम्बूले आफ्नो छोटो मन्तब्यमा एनआरएन भ्वाइस प्रकाशनको कार्यमा संलग्न सबै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । जसमध्ये आफ्नो प्रेश एण्ड पब्लिकेशन बिभागका सचिब शालिक राम साप्कोटा र अन्य सदस्यहरु, सम्पादकीय सल्लाहकारहरु भगिरथ योगी, चिरन शर्मा र नरेश खपाँगी, सम्पादकहरु फडिन्द्र भट्टराई, नारायण गाउँले, संगीता मरहट्ठा लगायत लेखकहरु र बिज्ञापनदाताहरुलाई धन्यवाद दिए ।
15726770_1312113008848147_8456943935253338861_n
अन्तमा उनले पत्रिका प्रकाशनको काम एउटा सिंगो समुहले गरेको भएपनि पत्रिकामा कुनै त्रुटीहरु हुन गएको खण्डमा संयोजकको हुनुको नाताले त्यसको जिम्मेवारी आफुले लिन तयार रहेको समेत अवगत गराए । स्मरण रहोस्, एनआरएन यूकेले यसभन्दा पूर्व २०१३ मा एनआरएन पत्र नामको एक न्युज लेटर प्रकाशमा ल्याएको थियो भने २००६ मा समुद्रपारी नामक मुखपत्र प्रकाशित गरेको थियो ।