७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनह्याम कारावाओ कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार ०४:३०

लन्डन । टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई दुई शुन्यले पराजित गरेर टोटनह्याम उपाधि नजिक पुगेको हो ।

टोटेनहमको जितमा मोउसा सिस्सोको सन हेङ्ग–मिनले गोल गरे । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो ।

त्यसयता उसले उपाधि जित्न सकेको छैन । टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज राति हुनेछ । फाइनल खेल भने अप्रिल २५ मा हुनेछ ।