१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदुत सुवेदीको पहलमा माल्टा – नेपाल संसदीय मैत्री समूह गठन


२२ पुष २०७७, बुधबार १९:१२

लण्डन । माल्टा – नेपाल संसदीय मैत्री समूह नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका सम्मानित संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा उक्त समूहको गठन भएको नेपाली दूतावास बेलायतले जनाएको छ ।

माल्टा – नेपाल संसदीय मैत्री समूहमा गणतन्त्र माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फियर्ने, एडवार्ड जमित लेविस, ग्लेन बेडिंगफिल्ड, डेविड अगिअस तथा रबर्ट कुटाजर रहेका छन् ।

संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा उक्त संसदीय मैत्री समूह गठन भएको हो ।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द्र एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा- नेपाल मैत्री समाज एवं माल्टा- नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।