८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कोरोनाले ७२ जना नेपालीको मृत्यु, थप एक महिलाको ज्यान गयो


२२ पुष २०७७, बुधबार १९:३२

लण्डन । कोरोना संक्रमणको कारण बेलायतमा थप एक नेपाली महिलाले ज्यान गएको छ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा कोरोनाका कारणले ज्यान गुमाउने नेपालीको संख्या ७२ पुगेको छ ।

यसैबीच बेलायतमा ५१ वर्षिया एक महिलाको गत आइतबार मृत्यु भएको हो ।

मृतकको पारिवारीकस्रोतका अनुसार उनको केन्ट मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

उनको निधनमा गुल्मी जिल्ला समाज यूके र हङकङ नेपाली मञ्च यूकेले दुस्ख व्यक्त गरेका छन् ।