१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गत १० महिनामा बेलायतमा ३९ प्रतिशतले कोरोना संक्रमणमा बृद्धि


२२ पुष २०७७, बुधबार २०:०१


एकै दिनमा १ हजार ४१ जनाको ज्यान गयो

लन्डन । बेलायतमा गत अप्रील महिनाको तुलनामा कोरोना संक्रमणको दर उच्च तहमा पुगेको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार गत अप्रील पछि ३९ प्रतिशतले संक्रमण बढेको हो ।

पछिल्लो तथ्यांक अनुसार २४ घन्टामा थप १ हजार ४१ जना संक्रमितको मृत्यु भएको छ ।

नयाँ तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६२ हजार ३२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बेलायतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ८०१ पुगेको छ ।

बेलायतको अस्पतालमा उपचार गराउनेको संख्या ३० हजार ७४ जना रहेको बीबीसीले जनाएको छ ।