१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकी निर्वाचन परिणाम उल्टाउने ट्रम्पको अन्तिम प्रयास असफल, संसदमै ‘कु’ गर्ने प्रयास


२२ पुष २०७७, बुधबार २१:०१

लण्डन । अमेरिकी उप राष्ट्रपति माइक पेन्सले निर्वाचित राष्ट्रपति जो बाइडेनको जीतलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टाउन गरेको आदेशलाई अस्विकार गरेका छन् ।

उनले बुधबार बाइडेनले प्राप्त गरेको निर्वाचकीय मत गणनालाई प्रमाणित गर्न कंग्रेसको सयुक्त सभालाई संचालन गर्दै निर्वाचकीय मतको लागि मतदान गर्न प्रक्रिया अगाडी बढाए ।

पेन्सले एक पत्रमा भने कि उनी विश्वास गर्दैनन्, जस्तो कि ट्रम्पले दाबी गरेका छन कि एक उप राष्ट्रपतिसँग एक उम्मेदवारको लागि निर्वाचकीय मत ९इलेक्टोरल कलेज०को मतलाई अस्वीकार गर्ने एकतर्फी शक्ति छ भनि स्पष्ट परेका छन् ।

संसदमा बहस चलि रहेको अवस्थामा ट्रम्पका समर्थकहरु प्रहरीसंग भिडन्त भै उनीहरुलाई धकेल्दै संसदमा छिर्न सफल भएका छन् । उनीहरु भित्र छिर्न साथ संसद तथा सिनेटरहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।

१ बजे सुरु भै २ घण्टाको समय बहसको लागि छुट्याइएको थियो । त्यस पछि प्रमाणित गर्ने मतदान रहेको थियो । यता प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रिय सुरक्षाको माग गरेकी छिन ।