१४ बैशाख २०८१, शुक्रबार
Follow Us

के एनआरएनएमा एकलौटी निर्णय हुन्छ ? ( के भन्छन् प्रमाणहरु)


२२ पुष २०७७, बुधबार २१:५८

लण्डन । जनवरी तेस्रो साता आयोजना हुने गैरआवासीय नेपाली संघको विशेष अधिवेशनलाई विवादमा तान्न थाले पछि संघका महासचिव डा. हेम राज शर्माले अन्तरिक सर्कलर जारी गर्दै सो अधिवेशन वैधानिक भएको बताएका छन् ।

शर्माले बुधवार साँझ विशेष अन्तर्राष्ट्रिय महाधिवेशनका सम्बन्ध विभिन्न सञ्चार माध्यम र इमेलमा आएका भिन्न भिन्न विचारबारे प्रष्ट पार्न संघले विभिन्न मितिमा गरेका निर्णयहरुको फेहरिस्त प्रस्तुत गरेका छन् ।

शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले गरेका निर्णयको आधारमा महासचिवले पत्राचार गर्ने संघमा व्यवस्था भएको हुँदा महासचिवलाई व्यक्तिगत रुपमा आक्षेप लगाउनु सदा–सर्वदा गलत भएको पत्रमा उल्लेख गरेका छन् ।

उनले महाधिवेशन वा अन्य कुनै आधिकारिक सूचना र सर्कुलेसन आइइएस वा आइसीसीको निर्णय भन्दा बाहिर नगरिएको प्रष्ट पारेका छन् ।
शर्माले विगत १६ वर्षदेखि अविछिन्न रुपमा संस्थाका लागि मन वचन र कर्मले बिना कुनै स्वार्थ काम गर्दै आएको बताउँदै डा उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष सम्मको कार्यकालमा कुनै न कुनै भूमिकामा जिम्मेवारीपूर्वक संस्थाका हरेक गतिविधी तथा समस्याहरुसँग साक्षात्कार हुने मौका पाएको उल्लेख गरेका छन् ।

उनले सदैव संस्थाको लक्ष्यलाई आफ्नो पनि लक्ष्यका रुपमा आत्मसात गरी अघि बढेको बताए । उनले काम गर्ने क्रममा आउने विभिन्न सुझाव, असन्तुष्टी र आरोप प्रत्यारोपले आफुलाई आत्ममूल्यांकन गर्न प्रोत्साहनसहितको उर्जा प्राप्त हुने जनाएका छन् ।

उनले आफ्ना अभिव्यक्ति स्वतन्त्ररुपमा राख्न सकिने बताउँदै आफ्नो पदको मर्यादा पालना गर्न सुझाव दिए ।

उनले आफुले जारी परेका आन्तरिक सर्कुलेसन व्यक्तिगत नभै संस्थाले गरेका निर्णयहरु भएको उल्लेख गरेका छन् ।

के एनआरएन विशेष महाधिवेशन विधान विपरित छ ? प्रमाणहरु हेरौं ।