१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यान्चेष्टर सिटी काराबाओ कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार ०६:२३

लन्डन । म्यानचेष्टर युनाईटेडलाई हराउँदै म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको डर्बी म्याचमा सिटी दुई शुन्यले विजयी भएको हो ।

सिटीका लागि जोन स्टोन र फर्नाडिन्होले एक–एक गोल गरे । सिटीले उपाधिका लागि अव टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्याम ब्रेन्टफोडलाई हराउदै यसअघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल अप्रिल २५ मा हुनेछ ।