१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी संसदमा तोडफोड, वाशिङ्टनमा मृतकको संख्या चार पुग्यो

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार ०६:३२

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रदर्शनकारीहरुले संसद बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेपछि भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् ।

उक्त घटनामा प्रहरी विभागका १४ जना मानिसहरु घाइते भएका छन् भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ । उक्त घटनाको कारण स्थगित भएको कंग्रेसको बैठक भने सुरु भइसकेको छ ।