१५ चैत्र २०८०, बिहीबार
Follow Us

थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मा निलम्बित

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार ०७:५८

काठमाडौँ । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतले जानकारी दिए ।