११ बैशाख २०८१, मंगलवार
Follow Us

थप ४१२ जनामा कोरोना पुष्टि, ४८३ जना डिस्चार्ज, ४ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार १२:३९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ । हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्।