७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद बिघटन विरोधमा विद्यार्थीले काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार १२:४६

काठमाडौँ । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूह निकटका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । दाहाल-नेपाल समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् ।

पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज पनि गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।