४ बैशाख २०८१, मंगलवार
Follow Us

संसद विघटनविरुद्ध सबै एकजुट भएर लाग्न नेपालको आग्रह

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार १२:५०

काठमाडौ । नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष माधव नेपालले संसद विघटनको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न आग्रह गरेका छन । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाले बिहीबार नागरिक समाजसँग काठमाडौंमा गरेको अन्तक्र्रियामा उनले प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमा धावा बोलेको भन्दै प्रधानमन्त्रीको कदमबिरुद्ध सबै एकजुट हुनुपर्ने बताएका हुन ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले पार्टीको विधि नमानेको र पद्दतिमा नचलेको कारणले पार्टीमा समस्या भएको धारणा राखे । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसदको विघटन गरेर लोकतन्त्र र संविधानमाथि हमला गरेको आरोप लगाए ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सरकारबाट अदालतलाई धम्की दिने काम भइरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताए । ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा देशमा जनता असहजतामा बाँचिरहेको रहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीले प्रधानमन्त्री ओली अव्यवहारिक व्यक्तिहरुबाट घेरिएको धारणा राखे ।