७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खस्यो

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार १२:५७

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ भुल्केमा बस दुर्घटना भएको छ। बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको बुझिएको छ ।

बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ। घटनाबारे थप विवरण आउन भने बाँकी छ।