४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री ओली शुक्रबार धनगढी जाने

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७७, बिहीबार १२:५७

काठमाडौ । प्रधानमन्त्री केपी ओली शुक्रबार सुदुरपश्चिमको धनगढी जाने भएका छन । आफु निकट नेकपाले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको हो । पार्टी विभाजन भएपछि ओली उपत्यका बाहिरको कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन । प्रधानमन्त्री ओलि शुक्रबार बिहान श्रीएरलाईन्स मार्फत धनगढी जाने कार्यक्रम रहेको छ । उनी भोली नै काठमाडौं फर्कनेछन ।