१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा ४ दिनको फरकमा नेपाली दम्पतिको निधन

नेपालब्रिटेन डट कम्
२३ पुष २०७७, बिहीबार १९:२८

लन्डन। बेलायतमा ४ दिनको अन्तरमा एक नेपाली दम्पतिको निधन भएको छ । कोरोना संक्रमित पत्नीको उपचारका क्रममा निधन भएको अस्पतालमै ४ दिनपछि पतिको पनि निधन भएको हो ।

मृतकको परिवारनिकट हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङका अनुसार केन्टको ‘मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटल’ मा उपचारकै क्रममा पत्नीको गत आइतबार निधन भएको थियो ।सोही अस्पातलमा उपचाररत पतिको बिहीबार बिहान निधन भएको हो ।

मृतक दम्पति दुबैजनाको उमेर ५० वर्ष आसपासमा रहेको उनले जानकारी दिए । पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको हो ।

४ दिनको अन्तरमा दम्पतिकै निधन भएपछि बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । उनीहरु आबद्ध रहेका गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके सहितका संस्थाले शोक व्यक्त गरेका छन् ।