६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७७, शुक्रबार ०४:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रतिनिधिसभा विघटन भएपछि राजधानी बाहिर आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले पहिलोपटक सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो ।

जनसभाको आयोजना नेकपा सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गर्न लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ । यसक्रममा नेकपा ओली पक्ष र नेकपा प्रचण्ड-माधव पक्षले बिभिन्न जिल्लामा आ-आफ्नै कार्यक्रम आयोजना गर्दै आएका छन् ।