१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ऐना देखाएर विवेकशीलको विरोध प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७७, शुक्रबार ११:०७

काठमाडौं । विवेकशील पार्टीले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्रीज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक थप संकटमा परेकाले ऐना देखाएर प्रदर्शन गरिएको विवेकशिलका नेता शशिबिक्रम कार्कीले बताए । नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उद्देश्यले ऐनासहित प्रदर्शन गरिएको उनले बताए ।

सो पार्टीले संसद विघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । उनीहरुले १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।