१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजनीतिको फोहरी खेलले जनतालाई दुःख : हरिवंश आचार्य

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७७, शुक्रबार ११:१२

काठमाडौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन । कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताएका हुन । राजनीतिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि उनले टिप्पणी गरे ।

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए । कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताए ।