१४ बैशाख २०८१, शुक्रबार
Follow Us

५५४ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७७, शुक्रबार ११:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५५४ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५७ हजार २२९ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार २१ पुगेको छ ।