११ बैशाख २०८१, मंगलवार
Follow Us

एस्टन भिल्लालाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार ०६:२८

लन्डन । लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकाल्दै एफए कपको चौथो चरणमा पुगेको छ । कोरोना संक्रमणका कारण युवा खेलाडीलाई मौका दिएको एस्टन भिल्लालाई लिभरपुलले चार एक गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि साडियो मानेको दुई, जर्जिन्हो र मोहम्मद सलाहले एक–एक गोल गरे । एस्टन भिल्लाका लोइ बारीले सान्त्वना एक गोल गरे । अर्को खेलमा क्रिष्टल प्यालेसलाई एक शुन्यले पराजित गरेको उल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ । खेलको निर्णायक गोल एडम ट्राओरले गरे ।